राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायले विनियोजन विधेयकका शिर्षक मापदण्ड, सिद्धान्त र प्राथमिकताको विपरित रहेको बताएका छन्।
सोमवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले बजेट मन्त्रीहरुले आफूखुशी ल्याएको बताए। उनले बजेटको मूल्य मान्यतामा नै त्रुटी भएको बताए।
उनले मन्त्रीहरुले आफ्नो आफ्नो मन्त्रालयमा प्राप्त बजेटको अधिकांश हिस्सा आफ्नै जिल्ला, निर्वाचन क्षेत्रमा लैजाने कुराले ज्यादा अपरिपक्व, गैरजिम्मेवार, दुरुपयोग गरेको पुष्टि भएको बताए। उनले बजेट विनियोजन शक्ति र सत्ताको दुरुपयोग गरेर ल्याएको बताए।
उनले भने, ‘आर्थिक वर्ष २०८१/०८२ का बजेटका सिद्धान्त र प्राथमिकतालाई टेकेर सोका आधारमा यो बजेट आयो की आएन भन्ने कुरा मुख्य हो। बजेट निर्माण गर्दा कुनै न कुनै मापदण्डमा टेकेर निर्माण गरिन्छ। तर अहिलेका विनियोजनका विभिन्न शिर्षक हेर्दा बिना मापदण्ड, सिद्धान्त र प्राथमिकताको विपरित मन्त्रीहरूले आफूखुशी बजेट ल्याएको देखियो।’
सांसद रोकायले बजेट मन्त्रालयगत विनियोजनमा गैरजिम्मेवार र लज्जास्पद स्थिति देखिएको बताए।
Shares
प्रतिक्रिया