नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत शनिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भएको भेटवार्ताबारे पार्टीलाई जानकारी गराएका छन्।
सोमबार उनकै निवास बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा देउवाले सो भेटबारे संक्षिप्त जानकारी गराएको पार्टी प्रचार विभाग विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।
‘मुख्य राजनीतिक दलका नेता र प्रमुख प्रतिपक्षी दलका नेताहरू भेटघाट हुँदा विभिन्न अनुमान चल्नु स्वभाविक नै हो,’ विश्वकर्माले भने, ‘तर, उहाँले आज यत्ति भन्नुभयो, उहाँले चिया खान बोलाउनुभयो, हामी गयौँ बस्यौँ। र सौहार्दपूर्ण वातावरणमा कुराकानी भयो। अहिले हाम्रो सम्बन्ध सकारात्मक र सुदृढ छ।’
उनले यो भेटबारे अहिले धेरै टिप्पणी नगर्न पार्टी बैठकमा आग्रह समेत गरेको उनले बताए।
‘यसका बारेमा धेरै टिप्पणी नगरौँ। अहिले उहाँको र मेरो कुरा भयो भन्नुभयो,’ देउवाको भनाइ उदृत गर्दै विश्वकर्माले भने।
Shares
प्रतिक्रिया