एमालेसँग सत्ता सहयात्राको तयारीमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन्।
आज (मंगलबार) बिहान ९ बजे देउवा निवास बुढानिलकण्ठमा बस्नेगरी उनले पदाधिकारी बैठक बोलाएका हुन्।
‘बैठकमा सत्ता समीकरण र एमालेसँग मिलेर सरकार निर्माण प्रक्रियाबारे छलफल हुने छ,’ कांग्रेस नेता जीवन परियारले नेपालखबरसँग भने।
एमाले र कांग्रेसबीच गएराति सत्ता सहकार्य गर्ने सहमति भएको थियो।
174
Shares
प्रतिक्रिया