काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले कांग्रेस-एमालेको नयाँ गठबन्धनप्रति व्यंग्य गरेका छन्।
मंगलबार बिहान सामाजिक सञ्जालमार्फत् उनले नयाँ सत्ता समीकरणको तयारीमा रहेका एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई व्यंग्य गरेका हुन्।
‘यो समय गिरिबन्धु चियाको हो,’ बालेनले सामाजिक सञ्जालमा दुई नेताको तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘काले काले मिलेर खाऊँ भाले!’
मेयर बालेनले एमाले अध्यक्ष ओलीलाई झापाको गिरीबन्धु टी-स्टेट काण्डमा करोडौँ घोटाला गरेको आरोप लगाउँदै आएका छन्।
1.0k
Shares
प्रतिक्रिया