प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्।
उनीहरूबीच अहिले भेटवार्ता भइरहेको छ।
सोमबार मध्यराति नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको सहमतिपछि प्रचण्ड भेट्न ओली बालुवाटार पुगेका हुन्।
यसअघि आइतबार र सोमबार प्रधानमन्त्री प्रचण्ड र ओलीबीच लगातार छलफल चलिरहेको थियो। छलफलकैबीचमा एमालेले कांग्रेससँग गरेको सहकार्यले माओवादी केन्द्र के गर्ने भन्ने अन्योलमा छ।
माओवादीको पदाधिकारी बैठक पनि केहीबेरमा बालुवाटारमै बस्दैछ। सो बैठकपछि प्रधानमन्त्रीले के गर्ने भन्नेबारे निर्णय लिने माओवादी केन्द्रले जनाएको छ।
591
Shares
प्रतिक्रिया