राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ।
मंगलबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पदाधिकारी बैठक बोलाइएको प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
‘परिवर्तित राजनीतिक परिस्थितिका सन्दर्भमा समिक्षा गर्न र पार्टीको धारणा तय गर्न राप्रपाको केन्द्रीय पदाधिकारी बैठक आज मंगलबार दिउॅसो २ः०० बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको छ,’ श्रेष्ठले भने।
यसअघि आइतबार र सोमबार प्रधानमन्त्री प्रचण्ड र ओलीबीच लगातार छलफल चलिरहेको थियो। छलफलकैबीचमा एमालेले कांग्रेससँग गरेको सहकार्यले माओवादी केन्द्र के गर्ने भन्ने अन्योलमा छ।
सोमबार मध्यराती (सवा १२ बजे) कांग्रेस–एमालेबीच सरकार बनाउने सहमति भएको थियो।
कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा हस्ताक्षर गएका छन्।
एमालेकै समर्थनमा प्रचण्ड कायम छन्।
Shares
प्रतिक्रिया