राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाली कांग्रेस र नेकपा एमालेसहितको गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ।
मंगलबार बिहान सिंहदरबारमा बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नेपालखबरलाई जानकारी दिए।
रास्वपा प्रचण्ड नेतृत्वको सरकारमा गत फागुन २३ गते सहभागी भएको थियो।
सोमबार मध्यराती (सवा १२ बजे) कांग्रेस–एमालेबीच सरकार बनाउने सहमति भएपछि नयाँ परिस्थितिबारे छलफल गर्नका लागि रास्वपा बैठक बसेको थियो।
बैठकले अहिले तत्काल नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको हो।
कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा हस्ताक्षर गएका छन्। एमालेकै समर्थनमा प्रचण्ड कायम छन्।
1.4k
Shares
प्रतिक्रिया