नेपाली कांग्रेससँग सत्ता सहकार्यको समझदारी गरेलगत्तै मंगलबार दिउँसो बसेको नेकपा एमालेको सचिवालय बैठक चार घण्टादेखि जारी छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा चार घण्टादेखि सचिवालयका नेताहरू छलफलमा जुटेका हुन्। दिउँसो ३ बजे सुरु भएको बैठक ७ बज्न लाग्दा पनि सकिएको छैन।
आजको बैठकमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरू फिर्ता बोलाउनेबारे निर्णय हुने बताइएको छ।
नेपाली कांग्रेससँग नयाँ सत्ता सहकार्यको समझदारी गरेको एमालेले अबको परिस्थितिबारे निर्णय गर्नका लागि सचिवालय बैठक बोलाएको हो।
त्यस्तै, बैठकमा कांग्रेससँगको सत्ता सहयात्रामा पठाइने मन्त्री र पछिल्लो राजनीतिक घटनाक्रमबारे घनिभूत छलफल भइरहेको छ।
198
Shares
प्रतिक्रिया