नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनमा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजमा १२ समूह बनाएर छलफल गरिएको छ। ती दस्तावेजबारे प्रतिनिधिहरुबीच सामूहिक छलफल गरिएको हो।
देशभरबाट आएका प्रतिनिधिको सुझावसहित बुधबार बिहान बस्ने बैठकले दस्तावेजमाथि प्रस्तुति दिने कार्यतालिका छ। सम्बन्धित समूहका टोली नेताले गर्ने प्रस्तुतिपछि दस्तावेज परिमार्जनसहित अनुमोदन गरिने छ।
बैठक बुधबार बिहान ११ बजे बस्ने पार्टीको स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिए।
एक हजार आठ सय ४९ प्रतिनिधि छनोट गरिएको महाधिवेशनले दुई सय ९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्ने छ। रासस
48
Shares
प्रतिक्रिया