अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंहले परिवर्तनका उपलब्धि उल्टाएर संविधान संशोधन गर्न खोजे मान्य नहुने बताएकी छन्।
अखिल(क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष सिंहले मुलुकमा अंक गणित र जोडघटाउका आधारमा पछि पारिएका समुदायको अधिकार खोस्ने प्रपञ्च शुरु गरिएको बताइन्।
‘चुनावी परिणामका आधारमा गठबन्धन बन्नु र भत्कनु सामान्य हो। संसदीय राजनीतिमा सरकार फेरिनु पनि अनौठो होइन’ उनले भनिन्, ‘तर मध्यरातमा समानुपातिक मास्ने, जनताले रगत बगाएर ल्याएको परिवर्तनका प्रावधान हटाउने गरि संविधान संशोधनको विषयमा गरिएको कोठे सहमति शंकास्पद छ।’
उनले थपिन्, ‘आधारातमा जनताका उपलब्धिहरू मेटाउने गरि गरिएका प्रयास सामान्य छैन। यो गम्भीर उद्देश्य प्रेरित छ।’
अखिल क्रान्तिकारीले २३ औँ राष्ट्रिय सम्मलेनको तयारीका लागि सातवटै प्रदेशमा भेला, बैठक सहित छलफल तीब्र पारेको जनाएको छ।
Shares
प्रतिक्रिया