ad ad

राजनीति


एकीकृत समाजवादीले तोक्यो केन्द्रीय कमिटी सदस्यको ड्राफ्ट गर्ने जिम्मेवारी

एकीकृत समाजवादीले तोक्यो केन्द्रीय कमिटी सदस्यको ड्राफ्ट गर्ने जिम्मेवारी

नेपालखबर
असार २३, २०८१ आइतबार १४:९, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) ले प्रदेशका इन्चार्ज र सचिवहरूलाई केन्द्रीय समिति सदस्यको ड्राफ्ट तयार गर्न जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ।

आइतबारको केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पर्टीका नेता जगन्नाथ खतिवडाले उनले बैठकले यसअघि कायम प्रदेश इन्चार्जहरुलाई सोही स्थानमा रहेर काम गर्न दिने निर्णय भएको बताए। 

साथै, उनले जिम्मेवारीअन्तर्गत केही दिनभित्र प्राप्त ड्राफ्टलाई केन्द्रिय कमिटीले निर्णय गरेर सदस्य पूरा गर्ने पनि बताए। 

‘बैठकले पूर्णता दिनका लागि प्रदेशका यस भन्दा पहिला इन्चार्ज भएकाहरूलाई यथावत् गरेका छौँ, अन्तरिम व्यवस्थाका लागि। प्रदेशका इन्चार्ज र सचिवहरूसहित र यो केन्द्रीय कमिटीमा भएका सदस्यहरूसहित परामर्शमा प्रदेश र जिल्लाबाट क्लस्टर मिलाइ आवश्यक व्यवस्था गर्न केन्द्रिय सदस्यहरुमा मनोनयन गर्ने ड्राफ्ट तयार गर्नका निम्ति जिम्मेवारी प्रदान गरिएको छ,’ उनले भने, ‘यो जिम्मेवारीअन्तर्गत केही दिनभित्र उहाँहरूले आफ्नो काम सम्पन्न गर्नुहुनेछ। केन्द्रसँग परामर्श गर्नुहुनेछ। अन्तिम निर्णय गर्ने अधिकार केन्द्रीय कमिटीलाई नै हुनेछ।बढीमा १० दिनभित्रमा हामी यो काम सम्पन्न गरी कमिटीलाई पूर्णता प्रदान गर्नेछौँ।’

पार्टीले जनतालाई सर्वसम्मत नेतृत्व चयन गरेको सन्देश दिने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .