ad ad

राजनीति


प्रचण्ड सरकारले विदेशबाट हुर्रा र मुर्रा मात्रै ल्यायो : सुनील शर्मा

प्रचण्ड सरकारले विदेशबाट हुर्रा र मुर्रा मात्रै ल्यायो : सुनील शर्मा

नेपालखबर
असार २३, २०८१ आइतबार १५:५७, काठमाडौँ

नेपाली कांग्रेसका सांसद सुनिल शर्माले २८ गते विश्वासको मतअघि पूर्वाअञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन हुन नसक्नुको कारणसहित जवाफ दिनुपर्ने बताएका छन्।

आइतवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले यस्तो बताएका हुन्।

उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले दुईवटा मात्रै राम्रो काम गरेको बताए। उनले दुईवटा काममध्ये पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने र आर्थिक नीतिमा दफा ५७ संशोधन मुख्य भएको बताए।

उनले तर प्रधानमन्त्रीले मन्त्रिपरिषद्बाट गरेको निर्णय किन कार्यान्वयन हुन नसकेको भनेर उनले प्रश्न पनि गरे।

पूर्वाअञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने सन्दर्भमा कोसी अस्पताललाई आफ्नै आंगिक क्यामपसको रूपमा प्रयोग गर्न पाउने र विश्वविद्यालयले तत्काल एमबीबीएस सुरु गर्ने भन्ने मन्त्रिपरिषद्को निर्णय तत्काल कार्यान्वयन गर्न आवश्यक रहेको उनको भनाइ थियो।

उनले पूर्वाधारका हिसावले अहिलेको विद्यमान कानून अन्तर्गत चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलले आवश्यक पूर्वाधार हुँदा पनि अहिलेसम्म सञ्चालन हुन नसकेको बताए।

उनले भने,‘नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले दुई वटा मात्रै राम्रो काम गरेको छ। जसमा पूर्वाअञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने सन्दर्भमा कोशी जोन अस्पताललाई आफ्नै आंगिक क्यामपसको रुपमा प्रयोग गर्न पाउने र विश्वविद्यालयले तत्काल एमबीबीएस शुरु गर्ने भन्ने मन्त्रिपरिषद्को निर्णय हो। तर पूर्वका विद्यार्थीहरुको लागि सुनौलो अवसर थियो। यो कार्यक्रम आउला भन्ने आशा थियो। पूर्वाधारका हिसावले अहिलेको विद्यमान कानून अन्तर्गत चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलले आवश्यक पूर्वाधार सबै छ। तर अहिलेसम्म सञ्चालन हुन सकेको छैन।’

उनले अर्थमन्त्रीले करको दफा ५७ संशोधन गर्ने कोसिस गरेको भन्दै धन्यवाद दिए। उनले दफा ५७ संशोधनले नेपालका उद्योगीहरु र नयाँ स्टार्टपहरूको निम्ति पनि नयाँ ढोका खोल्ने काम गरेको उल्लेख गरे।

उनले पूर्वप्रधानमन्त्रीले आफ्नो कार्यकालमा ठूलो वैदेशिक लगानी ल्याउन नसकेको बताए। सांसद शर्माले प्रधानमन्त्री दाहालप्रति लक्षित गर्दै वरिष्ठ गायक रामकृष्ण ढकालको ‘ओराली लागेको हरिणको चाल भयो’गीत सुनाए। सांसद शर्माले यस गीतमा कुनै नियम आपत्ति भए डिलिट गर्दा पनि कुनै आपत्ति नरहेको बताए।

उनले दाहाल नेतृत्वको सरकारले विदेशबाट हुर्रा र मुर्रा मात्रै ल्याएको जिकिर गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .