ad ad

राजनीति


प्रतिनिधिसभाको बैठक आज पनि, यी हुन् सम्भावित कार्यसूची

प्रतिनिधिसभाको बैठक आज पनि, यी हुन् सम्भावित कार्यसूची

फाइल तस्बिर


नेपालखबर
असार २४, २०८१ सोमबार ७:२९, काठमाडौँ

संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (सोमबार) पनि बस्दै छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  .राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/०८० पेश गर्ने सम्भावित कार्यसूची छ। 

त्यसैगरी बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ प्रस्तुत गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ। 

त्यसैगरी प्रधानमन्त्री प्रचण्डले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि सदनमा पुनर्विचारका लागि प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .