ad ad

राजनीति


रास्वपाका मन्त्रीलाई एमालेको प्रश्न– गोजीमा बोकेको राजीनामा कहाँ पुग्यो?

रास्वपाका मन्त्रीलाई एमालेको प्रश्न– गोजीमा बोकेको राजीनामा कहाँ पुग्यो?

नेपालखबर
असार २४, २०८१ सोमबार १३:६, काठमाडौँ

नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीको गोजीमा भएको राजीनामा कहाँ पुग्यो भनी प्रश्न गरेका छन्। 

सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले सरकार बहुमतमा हुँदा गोजीमा राजीनामा बोकेर हिँडेका मन्त्रीहरुले सरकार अल्पमतमा हुँदा पनि राजीनामा नदिएको बताए। 

‘प्रधानमन्त्रीज्यू आजपनि कुर्सिमा आसिन हुनुहुन्छ। केही मन्त्रीज्युहरू हुनुहुन्छ। हिजो सरकार बहुमतमा थियो। सरकार चलिरहेको थियो। केही राजनीतिक पार्टीका मन्त्रीहरू सरकार बहुमतमा भएको बेलामा, सरकार चलिरहेको बेलामा गोजीमा राजीनामा हालेर, बोकेर हिँड्नुहुन्थ्यो। तर सरकार स्पष्ट अल्पमतमा परेको छ, ति साथीहरुको गोजीमा भएको राजीनामा कहाँ पुग्यो?,’ बर्तौलाले प्रश्न गरे।

गोजीमा भएको राजीनामा कहाँ पुग्यो भनी प्रश्न गर्दै उनले दलबाट राजीनामा दिने निर्णय गरिसकेर पनि प्रधानमन्त्रीले कानमा गाउँ खाने कथा सुनाएपछि राजीनामा खुत्रेकामा हालेका टिप्पणी गरे।

‘हामीले सुन्यौँ दलबाट निर्णय भयो राजीनामा दिने, सरकारबाट फिर्ता हुने। प्रधानमन्त्रीले कानेखुसीमा गाउँ खाने कथा भनिदिनु भयो। त्यसपछि राजीनामा खुत्रुकेमा जतनसाथ राखेर साथीहरु फर्किनुभएको छ। मन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ। कुन फाइल कसरी खोल्नुपर्ने हो? यो सदनमा हामी माग गर्न चाहन्छौँ, जतिदिन तपाईंहरू पदमा रहनुहुन्छ, खोल्नुहोस्,,’ उनले भने, ‘माग गर्न चाहान्छु कुन–कुन फाइल कसरी खोल्नुपर्ने हो? तपाईंहरूले धम्की मात्रै दिएर पुग्छ? यो संसदको हार्डडिस्कमा मात्रै सुरक्षित छैन। हाम्रा दिमागमा पनि सुरक्षित छ। तपाईंले आज खोल्छु भनेका फाइल किन खोल्नुभएन? भोलि राष्ट्रिय सरकार बनेपछि ती सूचना तपाईले दिनुपर्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .