ad ad

राजनीति


का‌ंग्रेस-एमाले सहकार्यलाई साथ दिँदा नै प्रधानमन्त्री दाहालको हित हुन्छ : योगेश

का‌ंग्रेस-एमाले सहकार्यलाई साथ दिँदा नै प्रधानमन्त्री दाहालको हित हुन्छ : योगेश

नेपालखबर
असार २४, २०८१ सोमबार १९:३०, काठमाडौँ

नेकपा (एमाले) का सचिव एवं पूर्वमन्त्री योेगेशकुमार भट्टराईले कांग्रेस–एमाले सत्ता सहकार्यलाई साथ दिँदा नै प्रधानमन्त्री पुष्पकमल दाहालको हित हुने बताएका छन्।

शान्ति प्रक्रियालाई सही निष्कर्षमा पुर्‍याउन, संविधानलाई गतिशील बनाउन, मुलुकलाई सही दिशामा अघि बढाउन र स्वयं आफ्नै हितका लागि पनि प्रधानमन्त्री दाहालले दुई ठूला दलबीचको सहकार्यलाई साथ दिएर अघि बढ्नुको विकल्प नरहेको उनको जिकिर थियो।

सोमबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सचिव भट्टराईले माओवादी केन्द्रलाई साथमा लिएर आफूहरुले सर्वसम्मतिको बाटोबाट संविधान संशोधन कार्य अघि बढाउने पनि स्पष्ट पारे।

उनले कांग्रेस–एमालेबीचको सहकार्यबिना संविधान संशोधनको काम सहज नहुने भएकाले पनि संविधानलाई सही ढंगले अघि बढाउन माओवादी केन्द्रले पनि संविधान संशोधनका बाटोमा आफूहरुलाई साथ दिने तर्क गरे।

सचिव भट्टराईले नयाँ सत्ता समीकरणसँग टाढिएर प्रधानमन्त्री दाहालले अन्यत्रैबाट अघि बढ्ने बाटो नभएको दाबी समेत गरे।

उनले प्रधानमन्त्री दाहाल अहिले रिसाएको अवस्थामा रहेकाले आफूहरुले जिस्क्याउन नचाहेको पनि बताए।

सचिव भट्टराईले भने, ‘उहाँ उत्तेजनामा, आक्रोशमा आएर गलत बाटो लिनुहुन्छ भन्ने हामीलाई लाग्दैन। अब गलत बाटोमा गएर पनि कुनै उपाय छैन। कुनै निष्कर्ष निक्लिदैन। कुनै निष्कर्ष उहाँले दिन सक्नुहुन्न। त्यसैले यो सम्पूर्ण प्रक्रियामा कांग्रेस र एमालेले चालेको प्रक्रियामा सँगै बसेर हिँड्दा नै उहाँको कल्याण छ।’

त्यस अवसरमा सचिव भट्टराईले प्रधानमन्त्री दाहालको व्यक्तित्वका कारण आफूहरुले सानो दल भएर पनि प्रधानमन्त्रीमा स्वीकार गरेको पनि उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .