नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ। बैठक दिउँसो २ बजे सिंहरदबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बस्न लागेको सांसद महेन्द्रराय यादवले जानकारी दिए।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँचौं पटक विश्वासको मत लिँदै छन्। यादवका अनुसार बैठकमा त्यसैबारे छलफल हुने छ।
प्रधानमन्त्री प्रचण्डले दुई दलको सहमतिका बाबजुद पनि आफूले संसदमा विश्वासको मतको समाना गर्ने निर्णय गरेका छन्। प्रधामन्त्रीले असार २८ गते विश्वासको मत लिने कार्यक्रम रहेको छ।
78
Shares
प्रतिक्रिया