ad ad

राजनीति


प्रचण्डलाई मेटमणिको सुझाव– ४ महिनामा परिस्थिति अनुकूल हुन्छ, देउवासँग सन्तुलनमै बस्नू

प्रचण्डलाई मेटमणिको सुझाव– ४ महिनामा परिस्थिति अनुकूल हुन्छ, देउवासँग सन्तुलनमै बस्नू

नेपालखबर
असार २८, २०८१ शुक्रबार १५:४३, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको सम्बन्ध सन्तुलनमा राख्न प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन्। 

अबको ४ महिनामा फेरि प्रधानमन्त्री प्रचण्डकै अनुकूलतमा परिस्थिति पुग्ने भन्दै उनले शुक्रबारको संसद् बैठकमार्फत सो आग्रह गरेका हुन्। 

‘आज परिस्थिति जस्तो भएपनि नेपाली कांग्रेसको सभापतिलाई दोषी नदेख्नुहोला। सन्तुलनमा राख्नुहोला, चार महिनामै परिस्थिति अनुकूल त भइहाल्छ,’ चौधरीले भने, १आजको मिति गनेरै बसौँ, ४ महिनामा परिस्थिति तपाईंकै पक्षमा हुन्छ।’

प्रचण्डले साना राजनीतिक दललाई भुल्ने गरेको भन्दै उक्त कुरा उनको सामान्य विशेषता नै रहेको चौधरीले बताए। 

‘प्रधानमन्त्रीले हामीलाई विश्वास गर्नुहुन्न। ठूला पाउँदा सानालाई भुल्नुहुन्छ, यो त उहाँको सामान्य विशेषता हो। हामी सम्झन्छौँ, किनकि तपाईं २०५२ देखि ६१/६२ सम्म नयाँ जागरणको नेतृत्व गर्नुभयो,’ चौधरीले भने। 

साथै, उनले प्रचण्ड अस्थिर र चञ्चल भए पनि मन भने सफा रहेको टिप्पणी गरे। 

‘अस्थिर र चञ्चल स्वभाव भए पनि तपाईंको मन सफा छ। नियतमा खोट छैन। तपाईंले मान्छे चिन्नुहुने रहेनछ? अब त चिन्नुभएको होला नि? को कस्तो छ भनेर, हामी त तपाईंकै साथमा थियौँ, छौँ,’ उनले भने।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .