प्रधानमन्त्रीमा नियुक्त केपी शर्मा ओलीको नियुक्तिपत्र नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले बुझेका छन्।
आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा बर्तौलाले नियुक्ति पत्र बुझेका हुन्।
राष्ट्रिपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) बमोजिम आइतबार साँझ ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्।
ओलीको शपथ भोलि हुनेछ।
678
Shares
प्रतिक्रिया