ad ad

राजनीति


मलाई बधाई म्यासेन्जरबाटै दिनू, खादा-माला लिएर नआउनू : प्रधानमन्त्री ओली

मलाई बधाई म्यासेन्जरबाटै दिनू, खादा-माला लिएर नआउनू : प्रधानमन्त्री ओली

तस्बिर : प्रधानमन्त्री ओलीको फेसबुकबाट


नेपालखबर
साउन २, २०८१ बुधबार ९:७, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बधाई तथा शुभकामना दिन चाहनेलाई डिजिटल माध्यम अपनाउन आग्रह गरेका छन्। 

प्रत्यक्ष भेटेरभन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा समयको  बचत हुने उल्लेख गर्दै भेटमा पनि खादामाला प्रयोग नगर्न प्रधानमन्त्री ओलीले अनुरोध गरेका छन्।   

‘विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन्, प्रत्यक्ष भेटेरभन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरूको समयको पनि बचत हुन्छ’, ओलीले बुधबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘शुभेच्छुक सबैलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादा-माला प्रयोग नगर्न अनुरोध गर्छु।’ 

एमाले अध्यक्ष ओली नेपाली कांग्रेसको समर्थनमा गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .