ad ad

राजनीति


चिनियाँ राजदूतले मन्त्रालय पुगेर दिए परराष्ट्रमन्त्री राणालाई बधाई

चिनियाँ राजदूतले मन्त्रालय पुगेर दिए परराष्ट्रमन्त्री राणालाई बधाई

नेपालखबर
साउन २, २०८१ बुधबार १४:३५, काठमाडौँ

नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवालाई नेपालका लागि चिनियाँ राजदूत चेन सोङले बधाई दिएका छन्। 

बुधबार सिंहदरबारस्थित परराष्ट्रमन्त्रालयमा पुगेर चिनियाँ राजदूतले बधाई दिएका हुन्।

भेटका अवसरमा नेपाल–चीन सम्बन्धका धेरै विषयमा छलफल भएको बताइएको छ।

चिनियाँ राजदूतले बहुपक्षीय सम्बन्ध र सहकार्यलाई अगाडि बढाउन तथा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष अर्को बर्ष पुग्ने भएकाले त्यसलाई मनाउन आफूहरु सहमत भएको उल्लेख गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .