नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला सत्तापक्षकै मुख्य सचेतक नियुक्त भएका छन्।
नेकपा एमाले संसदीय दलको विधान र संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनअनुसार असार २ गतेबाट लागू हुने गरी उनलाई एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले नियुक्त गरेका हुन्।
प्रधानमन्त्रीको दलको मुख्य सचेतक नै सत्तापक्षको मुख्य सचेतक रहने प्रचलन छ।
बर्तौलाले अब संसदमा सरकारको प्रतिनिधिको रूपमा काम गर्नुका साथै संसद र प्रधानमन्त्रीबीच पुलको काम गर्नेछन्।
633
Shares
प्रतिक्रिया