प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो आइतबार (साउन ६ गते) विश्वासको मत लिने व्यवस्थाका लागि संसद सचिवालयलाई पत्राचार गरेका छन्।
प्रधानमन्त्री ओलीले संघीय संसदका महासचिवलाई बुधबार पत्र लेखी विश्वासको मत लिनका लागि आवश्यक व्यवस्था गरिदिन भनेका छन्।
पत्रमा उनले पत्रमा लेखेका छन्, ‘नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले धारा ७६ को उपधारा (४) बमोजिम त्यसरी नियुक्त भएको मितिले तीस दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान भएअनुरूप विश्वासको मत प्राप्त गर्नेसम्बन्धी विषय संवत् २०८१ साउन ६ गतेको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा राख्ने व्यवस्थाको लागि अनुरोध छ।’
336
Shares
प्रतिक्रिया