मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य राजनीतिक सल्लाहकार र विकास सल्लाहकार नियुक्त गरेको छ।
बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले मुख्य राजनीतिक सल्लाहकारमा एमाले उपमहासचिव विष्णु रिमाल र विकास सल्लाहकारमा डा युवराज खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले नेपालखबरलाई जानकारी दिए।
रिमाल यसअघिका कार्यकालमा पनि ओलीका राजनीतिक सल्लाहकार थिए। खतिवडा २०७४ सालमा बनेको मन्त्रिपरिषद्मा अर्थमन्त्री थिए। त्यसपछि उनी अमेरिकाका लागि राजदूत पनि नियुक्त भएका थिए। उनी नेपाल राष्ट्र बैंकको गभर्नर र राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पनि भइसकेका छन्।
त्यस्तै, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य यसअघि नै नियुक्त भइसकेका छन्।
489
Shares
प्रतिक्रिया