ad ad

राजनीति


महानगरका कांग्रेस सभापतिहरुसँग शेखर कोइरालाको छलफल

‘कांग्रेस नेतृत्व पार्टीको १५ औँ महाधिवेशन समयमै गर्नेमा गम्भीर भएन’
महानगरका कांग्रेस सभापतिहरुसँग शेखर कोइरालाको छलफल

नेपालखबर
साउन ४, २०८१ शुक्रबार ११:२३, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसको महानगर समितिका सभापतिहरुसँग छलफल गरेका छन्।

आज बिहान काठमाडौँमा भएको छलफलमा कोइरालाले पार्टी नेतृत्व र पदाधिकारीको कार्यशैली हेर्दा तोकिएको समयमा पार्टीको १५ औँ महाधिवेशन हुनेमा शंका व्यक्त गरेका छन्।

उनले तोकिएको समयमा महाधिवेशन नभए पार्टी धरासयी हुने बताए। त्यसको असर आगामी निर्वाचनमा पर्ने भएकाले त्यसप्रति चनाखो हुन उनले पार्टी सभापतिहरुलाई आग्रह गरे।

कोइरालासँगको छलफलमा महानगरका सभापतिहरुले पार्टी मर्यादाक्रम नमिलेको र बिधानले आफूहरुलाई कुनै अधिकार नदिएको गुनासो गरेका छन्।

भेटवार्तामा महानगर सभापतिहरु निलकाजी शाक्य- काठमाडौ, सुवानन्द धाख्वा- ललितपुर, चित्रसेन अधिकारी- भरतपुर, दिपक चापागाईं- विराटनगर र मनिन्द्र नेपाली- वीरगन्ज लगायतको सहभागिता थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .