बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पदबाट राजीनामाको घोषणा गरेका छन्। आफ्नो पक्षमा विश्वासको मत नपुग्ने देखिएपछि सभामा सम्बोधन गरेर मुख्यमन्त्री जम्कट्टेलले राजीनामाको घोषणा गरेका हुन्।
उनले रोस्ट्रमबाटै राजीनामा पत्र पढेर सुनाएका थिए।
२०७९ पुस २५ गते नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका मुख्यमन्त्री जम्कट्टेलले यसअघि तीनपटक विश्वासको मत लिएर सत्ता जोगाएका थिए।
जम्कट्टेलले २०७९ माघ ३ गते पहिलोपटक विश्वासको मत लिँदा नेमकिपाबाहेक ६ दलको समर्थन पाएका थिए। दोस्रोपटक २०७९ चैत १० मा दोस्रोपटक विश्वासको मत लिँदा उनले ६७ मत मात्र प्राप्त गरे भने तेस्रोपटक २०८० चैत १९ मा ५६ मत बटुलेर सत्ता जोगाएका थिए।
चौथोपटक विश्वासको मत लिने परिस्थिति आइपर्दा उनले सत्ता गुमाएका छन्। सत्ता जोगाउनका लागि कुल ११० सांसद रहेको बागमती प्रदेश सभाबाट ५६ मत आवश्यक हुन्छ।
Shares
प्रतिक्रिया