राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरूलाई पटक पटक ‘स्टन्ट’ गरेको भनेपछि त्यसबारे आपत्ति जनाएका छन्।
आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको छलफलका क्रममा सभापति लामिछानेले आफूहरूलाई स्टन्ट भनेर सुशासनको एजेन्डाबाट विषयान्तर गर्न खोजिएको बताए।
‘जसलाई स्टन्ट भनिरहनुभएको छ, सुशासनको एजेन्डाबाट विषयान्तर गर्न खोजिएको हो। स्टन्टको पर्याय आँट, साहस, विधि र न्याय हो,’ सभापति लामिछानेले भने, ‘जसलाई तपाईंहरूले स्टन्ट भन्नुभएको छ, हामीले त्यसलाई आँट, साहस, विधि र न्याय भन्छौँ।’
150
Shares
प्रतिक्रिया