ad ad

राजनीति


बंगलादेशमा प्रभावित नेपालीलाई स्वदेश फिर्ता ल्याउन कांग्रेसको आग्रह

बंगलादेशमा प्रभावित नेपालीलाई स्वदेश फिर्ता ल्याउन कांग्रेसको आग्रह

नेपालखबर
साउन ६, २०८१ आइतबार १६:३, काठमाडौँ

नेपाली कांग्रेसले बंगलादेशमा भइरहेको आन्दोलनबाट प्रभावित नेपाली विद्यार्थी र नेपाली नागरिक प्रभावित भएको भन्दै आवश्यक प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरेको छ।

आइतवार संसद भवनमा बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्णय गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए। उनले संसदीय दलको बैठकले बंगलादेशमा चलिरहेको आन्दोलनबाट त्यहाँ रहेका नेपाली विद्यार्थी र नागरिकलाई स्वदेश फिर्तीको व्यवस्था मिलाउन आग्रह गरेको बताए।

उनले अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा जनधनको ठूलो क्षति भएको भन्दै सरकारलाई त्यसप्रति गम्भीर बन्न आग्रह गरेको बताए।

उनले भने, ‘बंगलादेशमा चलिरहेको आन्दोलनमा नेपाली विद्यार्थी र अन्य नेपाली नागरिक समेत प्रभावित भइ स्वदेश फिर्तीमा समेत समस्या भइरहेको समाचार आइरहेको हुँदा उनीहरुको सुरक्षा र उनीहरुलाई स्वदेश फिर्तीको सहज व्यवस्था गर्न सरकारसँग माग गर्दछ।’

प्रमुख सचेतक घिमिरेले सिमलटारमा बस पहिरोले बगाउँदा बेपत्ताको खोजी कार्यलाई तीब्र बनाउन पनि सरकारको ध्यानाकर्षण गराएको बताए।

बाढी, पहिरो र डुबानका कारण समस्यामा रहेका नागरिकलाई सहयोग गर्न पार्टीका भ्रातृ संस्थाहरुलाई निर्देशन दिने निर्णय भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .