ad ad

राजनीति


संविधान संशोधनको नाटक उचित छैन : प्रभु साह

संविधान संशोधनको नाटक उचित छैन : प्रभु साह

नेपालखबर
साउन ६, २०८१ आइतबार १७:५४, काठमाडौँ

आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर संविधान संशोधनको नाटक गरेको भन्दै उक्त विषय उचित नभएको बताएका छन्। 

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन्। 

‘देशलाई दुःख दिने, बर्बाद गर्ने, जनतालाई निराश पार्ने सबै कर्म तपाईंहरू मिलेरै गर्नुभएको छ। आज संशोधन (संविधान संशोधन) नाटक उचित छैन,’ स्वतन्त्र सांसद समेत रहेका साहले भने, ‘पहिला जिम्मा लिनुपर्छ। मैले अपराध गरेकै हो भन्नुपर्छ, अनिमात्रै करेक्सनको कुरा न्यायोचित हुन्छ।’

साथै, उनले एमाले र कांग्रेसबीचको सत्ता सहकार्य देशका लागि घातक भएको पनि बताए। 

‘नेकपा एमाले र कांग्रेसको सत्ता सहकार्य नेपाली जनता र देशका लागि घातक छ। हाम्रो देशमा बढ्दो संकटको अभिव्यक्ति हो,’ साहले भने। 

उनले अघि प्रश्न गरे, ‘कुन सरकार छ, जहाँ नेकपा एमाले र कांग्रेस छैन?’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .