ad ad

राजनीति


आम जनताको चाहना अनुसार संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री सिंह

आम जनताको चाहना अनुसार संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री सिंह

नेपालखबर
साउन ७, २०८१ सोमबार १३:४७, काठमाडौँ

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले आम नागरिकको चाहनाअनुसार संविधान संशोधन हुने बताएका छन्।

सोमबार काठमाडौँमा आयोजित वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र विषयक विचार गोष्ठीमा बोल्दै उनले संविधानको विशेषता नै संविधानमा उल्लेखित दफाहरु विधि, प्रक्रिया पूरा गरेर परिवर्तन गर्न सकिने बताए। 

‘खासगरी हामीले प्रथम संविधान सभा भन्नुस्, दोस्रो संविधान सभा यो खासगरी काँग्रेसकै नेतृत्वमा अहिलेको नयाँ संविधान जारी गरेका हौँ। तर संविधान जारी गर्दाखेरी यो संविधानको विशेषता के हो भन्दा एउटा प्रोसेस पूरा गरेर कुनै त्यो संविधानमा उल्लेखित जुन दफाहरू छन्, ति दफाहरू परिवर्तन गर्नको लागि विधि, प्रक्रिया पूरा गरेर त्यसलाई समयको माग, जनताले चाहेअनुसार हुन्छ,’ उनले भने। 

समयको माग, जनताको चाहनाअनुसार संविधान परिवर्तन हुने बताउँदै उनले संघीयताको मर्म र भवनाअनुसार कानुनहरू बनाउन नसक्दा अहिलेको परिस्थिति सिर्जना भएको बताए।

उनले जनताको चाहना पूरा गर्नका लाग कांग्रेस र एमाले मिलेर सरकार बनाएको पनि बताए। 

‘सार्वभौम सत्ता जनतामा निहित हुनेकुरा र राष्ट्रियताको बारेमा बाहेक अरु सबैमा संशोधन गर्नसक्ने प्रावधान भएकाले यो समयको माग बमोजिम हामीले संविधान जारी गरिसकेपछि पनि आम निर्वाचन भएका छन्। तर अभ्यासमा संघीयताको मर्म र भवनाअनुसार संघीय संसद बनाउन पनि संविधान, कानूनहरू हामीले समयमा बनाउन नसकेको कारणले हो की के हो, तीन तहको सरकारको पूर्ण रुपमा तीन तहकै सरकारहरू अधिकार सम्पन्न भएर काम गरेको भए यो अवस्था आउने थिएन,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .