ad ad

राजनीति


संसद् बैठकमै गुट्खा खोलेर खाएपछि आलोचनामा परे शशांक कोइराला (भिडिओ)

संसद् बैठकमै गुट्खा खोलेर खाएपछि आलोचनामा परे शशांक कोइराला (भिडिओ)

नेपालखबर
साउन ७, २०८१ सोमबार १६:३३, काठमाडौँ

नेपाली कांग्रेसका सांसद शशांक कोइरालाले संसद् बैठकमै सूर्तिजन्य पदार्थ सेवन गरेपछि आलोचना सुरु भएको छ। सोमबार प्रतिनिधि सभा बैठक हलभित्रै कोइरालाले गुट्खा खाएका हुन्। 

उनले गुट्खा खाँदै गरेको भिडिओमा देखिन्छ। कांग्रेस सांसद राजेन्द्र बजगाईंले बोलिरहेको समयमा उनले गुट्खा खाएका हुन्।

उनले गुट्खाको प्याकेट खोलेर मुखमा हाल्दै गरेको भिडिओमा देखिन्छ। उनको उक्त भिडिओ हेर्नेहरूले सामाजिक सञ्जालमा आलोचना सुरु गरेका छन्।

यसअघि कांग्रेसकै अर्का सांसद अर्जुनरसिंह केसीले प्रतिनिधि सभाको बैठकमा सूर्ती निकालेर भुइँमा फालेको संसदको क्यामेरामा कैद भएको थियो।

त्यसको चर्को आलोचना भएपछि उनले सार्वजनिक रुपमा माफी समेत मागेका थिए।

भिडिओ:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .