निर्वाचन आयोगको आयुक्तका लागि प्रस्तावित कृष्णमान प्रधानको संसदीय सुनुवाइ भोलि बुधबार हुने भएको छ।
निर्वाचन आयुक्तका लागि प्रश्तावित प्रधानउपर कुनै उजुरी वा सूचना भए समितिमा सूचना दिन १० दिने उजुरी आह्वान गर्ने निर्णय यसअघि भएको थियो।
सोही अनुसार भोलि (बुधबार) सुनुवाइ हुन लागेको हो।
संवैधानिक परिषद्को गत असार २ गते बसेको बैठकले प्रधानलाई निर्वाचन आयुक्तामा सिफारिस गर्ने निर्णय गरेको थियो।
समितिले उजुरीमाथि छानबिन व्यवस्था छ।
प्रधान विगत दुई दशक बढी नेपाल कानून समाजका कार्यकारी निर्देशकको जिम्मेवारी रहेका थिए।
राजनीतिशास्त्रका स्नातकोत्तर गरेका प्रधान नागरिक अगुवाहरुको आन्दोलनमा पनि सक्रिय रहँदै आएका थिए।
प्रस्तावित निर्वाचन आयुक्त प्रधानको नाम संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ।
यसरी नियुक्त भएका निर्वाचन आयुक्तको पदावधि ६ वर्षको हुनेछ।
Shares
प्रतिक्रिया