राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार सिंहदरबारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई शपथ गराएका हुन्।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई उपाध्यक्ष नियुक्त गरेको थियो।
उनी यसअघि पनि मीनबहादुर श्रेष्ठ उपाध्यक्ष हुँदा आयोगमा सदस्य थिए।
त्यसअगाडि उनी त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र विभागका प्रमुख थिए।
आयोगका सदस्यहरुमा डा आरपी बिछार, डा रमेशप्रसाद सिंह, डा प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा जयबहादुर टण्डन र गंगादत्त अवस्थीलाई नियुक्त भएका छन्।
63
Shares
प्रतिक्रिया