कोसी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले बुझाएको राजीनामा स्वीकृत भएको छ। शुक्रबार दिउँसो राजीनामा बुझाएका मन्त्रीहरूको राजीनामा स्वीकृत भएसँगै रिक्त रहेका मन्त्रालय मुख्यमन्त्रीले नै चलाउनेगरी सिफारिस भएको छ।
शुक्रबार दिउँसो मुख्यमन्त्री कार्यालय पुगेर माओवादीका मन्त्रीहरूले राजीनामा बुझाएका थिए।
कोसीमा माओवादीका तर्फबाट तीन जना मन्त्री र एक राज्यमन्त्री थिए।
माओवादीबाट प्रदेशमा गणेश उप्रेती भौतिक पूर्वाधार, राजेन्द्र कार्की स्वास्थ्य, नारायण बुर्जामगर पर्यटन वन तथा वातावरण मन्त्री र बन्दना झागड वन पर्यटन तथा वातावरण राज्यमन्त्री थिइन्।
अब ती मन्त्रालयहरू मुख्यमन्त्री कार्कीले नै सम्हाल्नेछन्।
30
Shares
प्रतिक्रिया