ad ad

राजनीति


प्रधानको निवेदन : काम गर्ने हौसला र इच्छा बाँकी नरहेकाले निर्वाचन आयुक्त पदको उम्मेदवारी कायम राख्न चाहिनँ

प्रधानको निवेदन : काम गर्ने हौसला र इच्छा बाँकी नरहेकाले निर्वाचन आयुक्त पदको उम्मेदवारी कायम राख्न चाहिनँ

नेपालखबर
साउन १४, २०८१ सोमबार १४:५१, काठमाडौँ

प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान सिंह प्रधानले संसदीय सुनुवाई समितिबाट आफ्नो नाम फिर्ता लिँदै ‘दुष्प्रचारको माझमा सिफारिस भएको पदमा रहेर काम गर्ने हौसला र इच्छा बाँकी’ नरहेको बताएका छन्।

संसदीय सुनुवाई चलिरहेका प्रधानले आफ्नो नाम अनुमोदन नहुने संकेत पाएपछि सोमबार नाम फिर्ता लिएका हुन्।

संसदीय सुनवाई समितिका सभापतिलाई सम्बोधन गरेर पत्र पठाउँदै प्रधानले भनेका छन्, ‘मेरा उपर निजी पारिवारिक एवं सामाजिक जीवनमा समेत अतिरन्जित दुष्प्रचार गरी केही समूह सकृयतापूर्वक लागेर चालीसौं वर्षको मेरो गैरसरकारी संस्थाको योगदानको अवमूल्यन गरेकोबाट म दुखित भएको छु।’

‘संगठित रुपमा लागेपछि झुठहरू कति डरलाग्दो रुपमा प्रभावकारी हुँदा रहेछन् भन्ने अहिले मैले महशुस गरेको छु’ उनले पत्रमा उल्लेख गरेका छन्।

उनले संवैधानिक परिषदको सिफारिस प्रति निष्ठावान रहेको भन्दै ‘भविष्यमा राज्यले प्रदान गर्ने जुनसुकै जिम्मेवारीप्रति निष्ठावान रहने वचनबद्धता’ समेत व्यक्त गरेका छन्।

उनले एक महिलालाई जागिर लगाइदिन्छु भनी यौन शोषण गरेको र पछि ठूलो रकम तिरेर अदालतको मुद्दामा मिलापत्र गरेको उजुरी तथा अन्य प्रमाणहरू संसदीय समितिमा पुगेका थिए।

सुनुवाइ समितिले असार ७ मा प्रधानका विषयमा उजुरी आह्वान गर्दा ५ उजुरी प्राप्त भएका थिए। तीमध्ये एक महिलाले प्रधानले आफूलाई यौन शोषण गरेको व्यहोरा उल्लेख गरेकी थिइन्।

ति महिलाको उजुरीपछि संसदीय सुनुवाई समितिमा सांसदहरूले उनको नैतिक चरित्रमाथि प्रश्न उठाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .