ad ad

राजनीति


साहित्यिक पत्रिकाहरुलाई आर्थिक सहयोग उपलब्ध गराउन सांसदको आग्रह

साहित्यिक पत्रिकाहरुलाई आर्थिक सहयोग उपलब्ध गराउन सांसदको आग्रह

नेपालखबर
साउन १५, २०८१ मंगलबार १६:३०, काठमाडौँ

सत्तारुढ नेकपा (एमाले) का सांसद रघुजी पन्तले साहित्यिक पत्रिकाहरुलाई आर्थिक सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

मंगलवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले सो कुरा बताएका हुन्। सांसद पन्तले हाम्रो भाषा, संस्कृति र साहित्यका जोगाउनका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएकाले ती पत्रिकाहरुलाई सरकारले आर्थिक सहयोग र विज्ञापनको पनि आवश्यक व्यवस्था मिलाउनुपर्ने बताए।

उनले प्रकाशक र सम्पादकले आफ्नो लगानी गरेर ती पत्रिकाहरु जोगाउन सकिने अवस्था नरहेकाले पनि सरकारले त्यसका लागि आर्थिक सहायता उपलब्ध गराउनुपर्ने तर्क गरे।

उनले भने, ‘हाम्रो संस्कृति र साहित्यलाई जोगाउनका लागि साहित्यिक प्रत्रिकाहरुको महत्वपूर्ण योगदान छ। त्यसैगरी बच्चाहरुलाई सानैदेखि आफ्नो भाषा र संस्कृति बुझाउन पनि बाल साहित्यिक पत्रिकाहरुको महत्वपूर्ण योगदान छ। तर अहिले कस्तो स्थिति छ भन्दाखेरी सम्पादक/प्रकाशकले आफ्नो खर्चले निकाल्नुपर्ने, सरकारको कुनै उत्तरदायित्व नहुने एउटा परिस्थिति उत्पन्न भएको छ।'

उनले ती पत्रिकाहरुलाई जोगाउनका लागि आर्थिक सरसहयोग र विज्ञापनको व्यवस्था गर्ने कुरामा सरकारको र सम्बन्धित मन्त्रालयहरुको ध्यानाकर्षण गराए।

सांसद पन्तले सरकारले साहित्य र संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .