ad ad

राजनीति


दुई सहसचिव सचिवमा बढुवा सिफारिस

दुई सहसचिव सचिवमा बढुवा सिफारिस

नेपालखबर
साउन १५, २०८१ मंगलबार १८:४४, काठमाडौँ

न्याय सेवा आयोगले दुईजना सहसचिवको सचिवमा बढुवाका लागि सिफारिस गरेको छ। 

रक्षा मन्त्रालयका सहसचिव आलोकचन्द्र श्रेष्ठ र नेपाल कानुन आयोगका सहसचिव पाराश्वर ढुंगानालाई सचिवमा बढुवा तथा पदस्थापन सिफारिस गरिएको हो। 

मंगलबार बसेको न्याय सेवा आयोगको बैठकले श्रेष्ठलाई सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिवमा र ढुंगानालाई कानुन आयोगको सचिव पदमा बढुवा तथा पदस्थापनको लागि सिफारिस गर्ने निर्णय गरेको न्याय परिषद्का प्रवक्ता अशोककुमार क्षत्रीले जानकारी दिए। 

न्याय सेवा आयोगको सिफारिसअनुसार, अब बस्ने मन्त्रिपरिषद्को बैठकले नियुक्ति र पदस्थापनको निर्णय गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .