ad ad

राजनीति


नितिशकुमारको सभामा कार्यकर्तालाई खुट्टा मालिस गर्न लगाए सांसदले (भिडियो)

नितिशकुमारको सभामा कार्यकर्तालाई खुट्टा मालिस गर्न लगाए सांसदले (भिडियो)

नेपालखबर
फागुन १८, २०७६ आइतबार १६:१९,

भारतको बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारको सभा चलिरहेको थियो, पटनाको गान्धी मैदानमा।

तर, कुमारकै एक सांसद भने मैदानको बीचमा बसेर कार्यकर्तालाई दुवै गोडा मालिस गराइरहेका थिए।

जनता दल युनाइटेडका सांसद कुशल यादवले कार्यकर्तालाई गोडा मिच्न लगाएको भिडियो बाहिरिएको छ।

चौरमा उनी पल्टिरहेका देखिन्छन्। उनले एक कार्यकताको काखमा टाउको अड्याएका छन्। अन्य दुई कार्यकर्ताले एकएक ओटा गोडा मिचिरहेका छन्।

सो सभामा मुख्यमन्त्री नितिश कुमारले भाषण गरेका थिए। उनले आफ्नो दल सहभागी एनडीए गठबन्धनले विहार विधानसभाको निर्वाचन जित्ने दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .