राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको कायममुकायम प्रधानसेनापति अशोकराज सिग्देललाई तोकेका छन्।
राष्ट्रपति भवन, शीतलनिवासबाट जारी सूचनाअनुसार, प्रधानसेनापति प्रभुराम शर्माको तीन वर्षे पदावधि आउँदो भदौ २४ गते समाप्त भई अनिवार्य अवकाश पाउने र साउनको २५ गतेदेखि घर बिदामा बस्ने भएकाले ज्येष्ठताक्रममा रहेका बलाधिकृत रथी अशोकराज सिग्देललाई कामयमुकायम प्रधानसेनापति तोकिएको छ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले भदौ २५ गतेदेखि लागू हुने गरी सिग्देललाई नेपाली सेनाको कायममुकायम प्रधानसेनापति तोक्न सिफारिस गरेको थियो।
अवकास हुन लागेका प्रधानसेनापति शर्माले सिग्देललाई साउन २४ गते कमान्ड हस्तान्तरण गर्ने तयारी जंगी अड्डाले गरिरहेको छ।
नेपाली सेनामा प्रधानसेनापतिले अवकाश हुनु एक महिनापहिले बिदामा बस्ने र बलाधिकृत रथीलाई कमान्ड बरबुजारथ गर्ने चलन छ।
288
Shares
प्रतिक्रिया