ad ad

राजनीति


कोरोना फैलिने जोखिम बढेपछि नेपाल भ्रमण वर्ष २०२० स्थगित

कोरोना फैलिने जोखिम बढेपछि नेपाल भ्रमण वर्ष २०२० स्थगित

नेपालखबर
फागुन १९, २०७६ सोमबार ०:२७,

कोरोना भाइरस (कोभिड १९) को संक्रमण विश्वभर फैलिएपछि नेपालले पनि भ्रमण वर्ष २०२० औपचारिक रूपमा स्थगन गरेको छ।

नेपालमा पनि कोरोना भाइरस संक्रमण फैलिन सक्ने उच्च जोखिम देखिएको भन्दै आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल भ्रमण वर्ष २०२० औपचारिक रूपमा स्थगन गर्ने निर्णय गरेको हो।

सरकारले आयोजना गर्न लागेको सगरमाथा संवाद पनि स्थगन गरिसकिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि आज (सोमबार) महाराजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पताल भर्ना हुन लागेकाले मन्त्रिपरिषद् बैठक आइतबार बसेको हो।

याे पनि : 

-सगरमाथा संवाद स्थगित, फागुन २४ देखि पर्यटकलाई अन-अराइभल भिसामा रोक

-कोरोनाको आशंकामा टेकु अस्पतालले गर्‍यो चारजनालाई भर्ना

-विमानस्थलमा ३ वटा थर्मल मेसिन थपियो, कोरोना प्रभावित मुलुकबाट आउने सबै यात्रुको जाँच गरिने

-कोरोनासँग जुध्ने यस्तो छ सरकारी तयारी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .