ad ad

राजनीति


होटेल बसेरामा एमाले सचिवालय बैठक बस्दै

होटेल बसेरामा एमाले सचिवालय बैठक बस्दै

फाइल तस्बिर


नेपालखबर
साउन १७, २०८१ बिहिबार ७:११, काठमाडौँ

सत्तारुढ नेकपा एमालेको सचिवालयको बैठक आज बस्दैछ। 

बिहीबार बिहान ११ बजे हनुमानस्थानस्थित होटेल बसेरामा बैठक बस्न लागेको एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीको सचिवालयले जनाएको छ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालय मंगलबार रातिको भारी वर्षाका कारण डुबानमा परेपछि होटलमा बैठक बस्न लागेको हो। 

केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्ने उद्देश्यले एमालेले सचिवालय बैठक बोलाएको हो।

गएको असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरुको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .