ad ad

राजनीति


टीआरसीमा सहमति जुटाउन दलहरू आज पनि छलफलमा

टीआरसीमा सहमति जुटाउन दलहरू आज पनि छलफलमा

नेपालखबर
साउन १७, २०८१ बिहिबार ८:४९, काठमाडौँ

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी)मा सहमति जुटाउन गठित कार्यदलको बैठक सिंहदरबारस्थित गृह मन्त्रालयमा सुरु भएको छ।

संक्रमणकालीन न्याय सम्बन्धि विधेयकको विषय टुंगो लगाउन संयन्त्रका सदस्यसहित सरोकारवाला निकाय बैठकमा सहभागी छन्। दलका नेताहरुले आजको बैठक सहमतिको लागि निर्णायक हुन सक्ने बताएका छन्।

बैठकमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जर्नादन शर्मा संयन्त्रमा छन्।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया,  संसदको कानून, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदी, पूर्व कानूनमन्त्री ध्रुवबहादुर प्रधान, नेपाली सेनाका उपरधी जीवन प्रसाद दाहाल लगायत पनि सहभागी छन्। 

बैठकमा विधयेक सम्वन्धी सहती जुटाउन बाँकी बुँदामा छलफल हुने बताइएको छ।

पटक-पटकका छलफलपछि मुख्य दलहरु संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगो लगाउने समझदारीनजिक पुगेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .