ad ad

राजनीति


बालेनले भने– धेरै बोलेर समय खेर फाल्दिनँ, काम गरेर देखाउँछु

बालेनले भने– धेरै बोलेर समय खेर फाल्दिनँ, काम गरेर देखाउँछु

नेपालखबर
साउन १७, २०८१ बिहिबार १८:३६, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफू धेरै बोल्ने भन्दा पनि काम गर्ने बताएका छन्।

बिहीबार काठमाडौँ महानगर वडा ८ को प्रशासनिक भवन समुद्धाटन कार्यक्रममा बोल्दै प्रमुख शाहले सबैले भाषण भन्दा पनि काम गर्न जरुरी रहेको उल्लेख गरे। 

‘म धेरै बोल्न चाहन्न। अब निस्कन पनि लागेको भएर छोटो बोल्न आग्रह गरेर बोले खासै बोल्ने भन्दा पनि कामै गर्नुपर्छ भन्ने हो। उहाँहरूलाई गाह्रो छ। लामो लिस्ट हुँदोरहेछ,’ मेयर शाहले भने, ‘जिल्ला सभापतिदेखि महाधिवेशन प्रतिनिधिको नाम लिएर समय त्यसै जाँदो रहेछ। त्यो भन्दा पनि काममा समय दियौँ। यति ठूलो कार्यक्रम गर्नुपर्ने थिएन तर २२ वर्षको मेहनतले गरेको भए।’

भवन उद्घाटनमा ठूलो कार्यक्रम गरिरहनु नपर्ने बताउँदै उनले २२ वर्षको मेहनतले सम्पदा शैलीमा वडा भवन बनाएकाले आकर्षक देखिएको बताए। 

पशुपति क्षेत्रका सडकहरु चाँडो र तिब्र गतिमा बन्दै जाने विश्वास रहेको उनले बताए। विशेषगरी पशुपति क्षेत्र आफैँमा सम्पदा क्षेत्र भएकाले वडा भवनको मुहार जस्तै सम्पदामैत्री सडक र घरहरुको मुहार हेर्ने चाहना रहेको मेयर शाहको जिकिर थियो। 

‘चाँडो र तिव्रगतिमा यहाँका सडकहरु बन्दै जानेछन्। बन्दै पनि छन् । ढुङ्गा छापिएका बाटोहरु भर्खरै छटबाट हेर्दै पनि थियौँ। विशेषगरी पशुपति क्षेत्र आफैमा सम्पदा क्षेत्र भएको हिसाबले जसरी वडा भवनको मुहार देखिएको छ,’ उनले भने, ‘आगामी दिनहरूमा हाम्रो वडा अध्यक्ष,जनप्रतिनिधि ज्युहरु र कर्मचारीहरुको सहकार्यले सम्पदामैत्री बोटा र घरहरुको मुहार यस्तै देखियोस् भन्ने चाहना छ। त्यसको लागि काठमाडौँ महानगरले बजेट पनि राखेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .