ad ad

राजनीति


दलीय सिन्डिकेट तोड्न तेस्रो जनआन्दोलन आवश्यक : प्रभु साह

दलीय सिन्डिकेट तोड्न तेस्रो जनआन्दोलन आवश्यक : प्रभु साह

नेपालखबर
साउन १९, २०८१ शनिबार १७:३५, काठमाडौँ

आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेस र नेकपा (एमाले)को दुई दलीय सिन्डिकेटले लोकतन्त्र मात्रै नभई दलतन्त्र पनि खतरामा परेको टिप्पणी गरेका छन्। एमाले र कांग्रेसको दुई दलीय सिन्डिकेट तोड्न अब आईटी आर्मी अगाडी आउनुपर्ने  उनको भनाइ थियो।

आजपा निकटको आईटी आर्मीको काठमाडौँ उपत्यका भेलाको तयारी बैठकलाई आज पार्टी केन्द्रीय कार्यालय काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष साहले जनताको शासन स्थापित गर्न र लोकतन्त्र जोगाउँनका लागि आईटी आर्मी फ्रन्टलाईनमा आउँनुपर्ने आवश्यक रहेको बताए।

दलीय सिन्डिकेट तोड्नका लागि तेस्रो जनआन्दोलन आवश्यक रहेको कुरा समेत उनले जिकिर गरेका छन्। 

‘एक त देशमा लोकतन्त्र नै छैन्। लोकतन्त्र देखाउँने दाँत मात्रै छ। दलतन्त्र रहेको अवस्थामा यो एमाले र कांग्रेसको दुई दलीय सिन्डिकेटले अब लोकतन्त्रसँगै दलतन्त्र समेत खतरामा परेको छ। यसले मुलुकमा थप संकटको संकेत गरेको छ’ आजपा अध्यक्ष साहले भने, ‘लोकतन्त्रको रक्षाका लागि अहिले आईटी आर्मीको महत्वपूर्ण भूमिकाको आवश्यक्ता परेको छ। यस्तो अवस्थामा आईटी आर्मी फ्रन्टलाइनमा आएर प्रतिकार गर्नुपर्छ। जस्तालाई त्यस्तै जवाफ दिनुपर्छ।’ 

भ्रष्टाचारीलाई कारवाही गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी, प्रशासन सहितका निकाय उही भ्रष्टाचाारीहरुले नियुक्त गर्ने कारिन्दा भएको बताउँदै त्यस्ताले भ्रष्टाचारीलाई कारवाही नगरेको उनको भनाइ थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .