ad ad

राजनीति


एमालेका मनोनीत उपाध्यक्षसहित स्थायी र केन्द्रीय समिति सदस्यहरूले लिए शपथ

एमालेका मनोनीत उपाध्यक्षसहित स्थायी र केन्द्रीय समिति सदस्यहरूले लिए शपथ

तस्बिर : सरोज बैजु


नेपालखबर
साउन २०, २०८१ आइतबार १३:४९, काठमाडौँ

नेकपा एमालेका मनाेनीत उपाध्यक्ष गुरु बरालसहित नयाँ थपिएका स्थायी कमिटी सदस्य र केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूले पद तथा गोपनीयताको लिएका छन्।

एमाले मुख्यालय च्यासल, ललितपुरमा एक कार्यक्रमबीच अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई शपथ खुवाएका हुन्।

गत बिहीबार बसेको एमाले सचिवालय बैठकले उपाध्यक्षमा बराल, दुईजना स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने र लिलानाथ श्रेष्ठ र केन्द्रीय कमिटी सदस्यमा १७ जनालाई मनोनयन गरेको थियो। 

मनोनित केन्द्रीय सदस्यहरूमा सुवास कर्मचार्य, कुन्दन कुसवाह, जितेन्द्र देव, रामप्रीत राम, कृष्णभक्त पोखरेल, कमलकृष्ण तिमिल्सिना लगायत छन्।

यस्तै गोविन्द पुन, केदार सिग्देल, मनमोहन पौडेल, भरदेव जोशी, हरि उप्रेती, इन्द्र भण्डारी, महेश बर्तौला, सरिता भुसाल, प्रभा बराल, मञ्जु शर्मा चालिसे र आशा जवेगु पनि केन्द्रीय सदस्य मनोनयनमा परेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .