ad ad

राजनीति


वर्तमान गठबन्धन लामो समय टिक्छ, स्थायित्व दिन्छ : निधि

वर्तमान गठबन्धन लामो समय टिक्छ, स्थायित्व दिन्छ : निधि

नेपालखबर
साउन २०, २०८१ आइतबार १२:५८, काठमाडौँ

नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले वर्तमान गठबन्धन लामो समय टिक्ने दाबी गरेका छन्।

जनकपुरधामको एक कार्यक्रमलाई सम्बोधन गर्दै निधिले यो गठबन्धन लामो समयसम्म चल्ने र राजनीतिक स्थायित्व प्रदान गर्ने बताएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले संसदमै आफू २ वर्ष प्रधानमन्त्री र त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने अभिव्यक्ति दिएकाले पनि यो गठबन्धन टिकाउ रहेको पुष्टि गर्ने तर्क उनले गरे।

तत्काल गठबन्धनभित्र कुनै किसिमको असन्तुष्टि हुने सम्भावना टाढासम्म नरहेको उनको भनाइ थियो।

पूर्वउपप्रधानमन्त्री निधिले वर्तमान गठबन्धनले मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्ने ठोकुवा पनि गरे। यसले देशमा विकासका बाटाहरू समेत प्रशस्त गर्ने दाबी उनको थियो। 

उनले दुई ठूला दल मिलेर बनेको यो सरकारले मुलुक राजनीतिक, आर्थिक, सामाजिक तथा शैक्षिक विकासको दिशामा काम गर्ने स्पष्ट पारे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .