ad ad

राजनीति


नेता, कार्यकर्तालाई ओलीको निर्देशन– निष्ठापूर्वक काम गर्नू, गुटको पक्षमा नलाग्नू

नेता, कार्यकर्तालाई ओलीको निर्देशन– निष्ठापूर्वक काम गर्नू, गुटको पक्षमा नलाग्नू

नेपालखबर
साउन २०, २०८१ आइतबार १६:१७, काठमाडौँ

प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निष्ठापूर्वक काम पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्।

आइतबार एमाले मुख्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले गुटबन्दी नगर्न र निष्ठापूर्वक सक्रियताका साथ पार्टीको पक्षमा काम गर्न सिंगो पार्टी पंक्तिलाई सचेत गराएका हुन्। 

गुटबन्दी गरेर, पक्ष, विपक्ष गरेर, जालझेल गरेर कोही पनि सफल नहुने भएकाले पार्टीका नेता, कार्यकर्ताहरुले त्यसको पक्षमा लाग्न नहुने ओलीको तर्क थियो।

‘गुटबन्दी गरेर, पक्ष, विपक्ष गरेर, जालझेल गरेर कोही पनि सफल हुँदैन। जालझेलको दायरा सानो हुन्छ। सफलताको दायरा फराकिलो हुन्छ। जालझेलबाट एक छिन सफलता मिलेजस्तो भएपनि सफलता मिल्दैन। त्यो सानो दायरामा झन खुम्चिन्छ। किनभने जत्रै ठूलो भनेपनि जाल भनेको समुन्द्र समेट्दैन त्यसले,’ उनले भने, ‘जालले सिँगै तलाउ समेट्दैन। त्यो त एक छेउमा हान्ने हो। यो जाल भनेको पनि एउछेउमा हान्ने चिज हो क्या। तसर्थ हामीले वृहत्तर अभ्यास गर्नुपर्दछ। सानोतिनो कुरामा अल्झिने होइन, सानोतिनोमा अल्झिएको अभ्यास होइन। म साथीहरूलाई यही आग्रह गर्न चाहन्छु।’

प्रधानमन्त्री ओलीले एक एक जालले समुन्द्र समेट्न नसक्ने उल्लेख गर्दै समुन्द्ररुपी एमालेमा पनि गुटबन्दी  र सानोतिनो कुरामा अल्झिएर बस्न नहुने पनि बताए। 

उनले एमालेले देश र जनताको पक्षमा ठूल्ठूला सफलता अझै हासिल गर्दै जाने जिकिर गर्दै सोही अनुसारको कामलाई बढावा दिनुपर्ने जिकिर गरे।

‘इमान्दारिताका साथ अनुशासित ढंगले नेकपा एमालेको हिसावले तपाईहरुले काम गर्नुहुनेछ। नेकपा एमाले भित्र पनि कतिपय गलत प्रवृत्तिहरू, बेठिक प्रवृत्तिहरू, विसंगतिहरू, त्यस्ता कुराहरू देखिएका छन्। ती कुराहरूबाट सिक्ने होइन। गटबन्दीबाट सिक्ने होइन। गुटका पछाडि लाग्ने होइन,’ उनले भने, ‘कसैले यो पक्ष र त्यो पक्ष भनेर त्यस्तो गर्ने होइन। पार्टीको पक्षमा दृढताका साथ उभिने। पार्टीका नीति सही छन, विचार सही छन्। पार्टीले लिएका कार्यक्रम सही छन्। पार्टीले गरिरहेका काम सही छन्। पार्टीले ठिक व्यवहार गरेको छ, ठिक आचारण प्रस्तुत गरिरहेको छ। यो कुरामा विश्वास गर्ने र पार्टीमा निष्ठापूर्वक सक्रियताका साथ काम गर्ने। यसका लागि म साथीहरूलाई सफलता मिलोस भन्दैगर्दा तपाईंहरूले कसरी काम गर्नुपर्छ, कसरी सफल हुनुपर्छ भन्ने पनि बताउन चाहन्छु।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .