ad ad

राजनीति


पार्टी शुद्धीकरणको एजेन्डा छाड्दैनौँ : गगन थापा

पार्टी शुद्धीकरणको एजेन्डा छाड्दैनौँ : गगन थापा

नेपालखबर
साउन २०, २०८१ आइतबार १८:४२, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस पार्टीलाई आस्था र निष्ठाको केन्द्र बनाउने बताउनुभएको छ ।

आइतबार नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा महामन्त्री थापाले पार्टीलाई आस्था र निष्ठाको केन्द्र बनाउने बताएका हुन्।

पार्टीभित्र भएका गल्ती तथा कमजोरीलाई सच्याएर अग्रज नेता तथा कार्यकर्ताहरूले भरोसा गर्ने ठाउँमा पार्टीलाई पुर्‍याउनुपर्ने उनको भनाइ थियो।

पार्टीभित्रको शुद्धीकरणको विषयलाई पनि आफूहरूले गम्भीरतापूर्वक लिएको दाबी समेत उनले गरे। 

भिडिओ

उनले भने, ‘कांग्रेस पार्टी अझ शुद्ध होस्। पार्टी निर्णयहरूको पक्षमा चोक, चौतारामा मज्जाले वकालत गर्न पाइयोस्। बोल्न पाइयोस्। पार्टीले गर्ने निर्णयको कारण तपाईंहरू कसैको शिर ननिहुरियोस्। कहाँ बसेर हामीले एउटा निर्णय गरेका हुन्छौँ, त्यो निर्णय गलत भयो भने अथवा गलत व्यक्ति छानियो भनेदेखि गाउँमा बसेको एउटा कांग्रेसले अनावश्यक ढंगले त्यसको उत्तर दिँदै हिँड्नुपर्ने अवस्था आउँछ।’

पार्टीको शुद्धीकरणको एजेन्डा नछाड्ने प्रतिबद्धता पनि उनले जनाए। ‘पार्टीभित्रको शुद्धीकरणको विषयलाई गम्भीरतापूर्वक लिन्छौँ। गल्ती कमजोरी सच्याएर पार्टीलाई भरोसा गर्ने ठाउँसम्म पुर्‍याउँछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .