ad ad

राजनीति


सरकारको पहिलो प्राथमिकता शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनु हो : कानुनमन्त्री चौरसिया

सरकारको पहिलो प्राथमिकता शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनु हो : कानुनमन्त्री चौरसिया

नेपालखबर
साउन २१, २०८१ सोमबार १५:१९, काठमाडौँ

कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले देशको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने बताएका छन्।

सोमवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै मन्त्री चौरसियाले देशको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याइने बताएका हुन्।

उनले १८ वर्षदेखि अल्झिएको संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा प्रमुख दलहरुका बीचमा सहमति जुटेको भन्दै अहिले प्रतिवेदन तयार गरिरहेको बताए।

प्रतिवेदन तयार भइसकेपछि शिर्ष नेताहरूलाई देखाएर संसदमा पेश गरिने मन्त्री चौरसियाले जानकारी दिए।। उनले संसदबाट सर्वसम्मत रुपमा पारित गर्नेगरी शिर्ष नेताहरुले सम्बोधन गर्ने पनि बताए।

उनले भने, ‘प्रतिवेदन तयार हुँदैछ। चाँडै प्रतिवेदन नेताहरूलाई देखाएर संसदमा पेश गर्ने। संसदमा सबै पार्टीका शीर्ष नेताहरूले त्यस सम्बन्धमा सर्वसम्मतिले पास गर्नेगरी सम्बोधन पनि गर्नु हुनेछ। पहिलो प्राथमिकता शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .