ad ad

राजनीति


सहकारी छानबिन समितिले प्रतिवेदन लेख्नुअघि पीडक पक्षसँग छलफल गर्ने

सहकारी छानबिन समितिले प्रतिवेदन लेख्नुअघि पीडक पक्षसँग छलफल गर्ने

नेपालखबर
साउन २१, २०८१ सोमबार १६:१२, काठमाडौँ

सोमवार समितिको कार्यालय सिंहदरबारमा बसेको बैठकले सहकारी ठगी प्रकरणका पीडक पक्षसँग छलफल गर्ने निर्णय गरेको हो।

समितिले विभिन्न जेलमा रहेका सम्बन्धित पीडकहरुलाई आवश्यक छलफल गर्नका लागि समितिमा उपस्थित गराउनका लागि गृह मन्त्रालयलाई आग्रह गरिएको समिति सदस्य लेखनाथ दाहालले जानकारी दिए।

उनले समितिले प्राप्त गरेको प्रमाण र सुझावहरुको आधारमा प्रतिवेदन तयार गर्न सुरु गरिएको बताए।

उनले भने, ‘करिब करिब हामी निष्कर्षतिर जान खोज्दैछौँ। पर्याप्त सुझावहरू हामीले लिइसकेका छौँ। प्रमाणहरू पनि जुटाइसकेका छौँ। अब जे–जे जुटेका छन् ति प्राप्त प्रमाण र सुझावका आधारमा हामीले प्रतिवेदन तयार गर्ने प्रक्रियाको सुरुवात गर्न लागेका छौँ आजबाट। अब पीडक पक्षसँग छलफल गर्न बाँकी छ।’

उनले समिति निष्कर्षोन्मुख रहेको भन्दै अन्तिममा पीडकहरुसँग छलफल गरेर निर्णय प्रक्रियामा जाने बताए।

उनले भने, ‘पीडक पक्षसँग पनि छलफल गर्ने जो विभिन्न जेलहरूमा छन्, विदेशमा छन्। गृहमन्त्रालयलाई आदेश पनि दिइसकेका छौँ कि हामीले, पीडकहरू जो छलफल गर्नका लागि आवश्यक छन्। ति सम्बन्धित पीडकहरुलाई समितिको कार्यालयमा उपस्थित गराउने भनेर आज हामीले एउटा निर्णय गरेका छौँ। अब अन्तिम पीडकहरुसँग छलफल गरिन्छ। त्यसपछि निर्णय प्रक्रियामा गइन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .