ad ad

राजनीति


सामाजिक न्यायका कामहरू हराउँदै गयो : खेलकुदमन्त्री चौधरी

सामाजिक न्यायका कामहरू हराउँदै गयो : खेलकुदमन्त्री चौधरी

नेपालखबर
साउन २२, २०८१ मंगलबार ११:५२, काठमाडौँ

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सामाजिक न्यायको कामहरू हराउँदै गएको टिप्पणी गरेका छन्।

मंगलबार नेपाल स्काउटको आयोजनामा भएको दीक्षान्त समारोहमा बोल्दै उनले स्काउटको भूमिका र आवश्यकता दिन प्रतिदिन बढ्दै गएको पनि उल्लेख गरे। 

सात लाख स्काउट सदस्य बनाउने लक्ष्यमा मन्त्रालयले आवश्यक सहयोग गर्ने बताउँदै उनले स्काउटको स्तरवृद्धिका लागि आवश्यक परे ऐन संशोधन गर्न सकिने पनि स्पष्ट पारे।

‘देश संघीयतामा गएको छ। स्काउटको भूमिका र आवश्यकता दिन प्रतिदिन बढ्दै गएको छ। सामाजिक न्यायहरू हराउँदै गइरहेको छ। बालबालिकाहरुमा राम्रो प्रवृत्ति युवाहरुमा विस्तारै खस्किँदै गइरहेको छ। स्काउटको जुन उद्देश्य छ, आज विश्वमा १७६ वटा देशमा १७० वर्ष भइसकेको छ,’ उनले भने, ‘केही वर्षपछि हामीले पनि सय वर्ष मनाउँछौँ। अहिले स्काउटमा १ लाख २८ हजार हुनुहुन्छ। अब सात लाखको जुन टार्गेट छ, युवा तथा खेलकुद मन्त्रालयले के नीति परिवर्तन गर्दा हुन्छ, हामी गर्नेछौँ।’

मन्त्री चौधरीले सरकारले आर्थिक, सामाजिक र ऐनमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए।

‘अहिले २०५० सालको ऐन छ, २०७५ सालमा केही ऐनहरू संशोधन भएको छ। अहिले पनि केही कुराहरू संशोधनका लागि मन्त्रालयमा पुगेको छ। त्यसमा सानो सल्लाह गर्न सकिन्छ,’ मन्त्री चौधरीले भने, ‘यो सामाजिक संस्था हो, यसले शैक्षिक र सामाजिक आन्दोलनमा अहं भूमिका खेल्छ। चरित्र निर्माणमा निकै राम्रो भूमिका खेल्छ। स्काउटलाई ७५३ वटै स्थानीय तहमा पु¥याउनसके राम्रो हुनेछ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .